बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

तामसालिङ खबर
१७ भाद्र २०७८, बिहीबार ०७:३५

भदौं, हेटौडा – बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । मन्त्री खनालले बुधबार बिहान पदबाट राजिनामा दिएका हुन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । मंगलबार उनले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*