हेटौंडा उपमहानगर १३ को वडा कार्यालय भवन उद्घाटन
भदौं, हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३ को वडा समिति कार्यालय भवनको शुक्रबार उद्घाटन् गरिएको छ । डेढ करोड रुपैयाँ लागतमा निर्माण भएको वडा कार्यालय भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो ।
भवनको उद्घाटन् गर्दै उहाँले जनताका लागि हरेक वडामा विकास निर्माणका कामसंगै सेवा दिने कार्यालय पनि निर्माण गर्दै गएको वताउनुभयो ।
हरेक वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने लक्षका साथ काम भइरेको र केही निर्माण भइसकेको वताउनुभयो । हेटौंडामा पहिलेका ११ वटा वडा भन्दा पनि पछी थपीएका वडाहरुमा विकास निर्माणका कामले तिब्रता पाएको वताउनुभयो ।
नौ वटा कोठा र एउटा हलसहितको सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो । हेटौंडा–१३ का वडा अध्यक्ष मनोज वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर मिना कुमारी लामाको आतिथ्यता रहेको थियो ।






