आदिवासी जनजाति लेखकले एमसीसी सम्झौता नबढाउन माग
भदौं, काठमाण्डौ – आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघले एमसीसी सम्झौता अगाडि नबढाउन माग गरेको छ ।
एमसीसी सम्झौतामा देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने एवम राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने सर्तहरू रहेको भन्दै महासंघले एमसीसी पास नर्गन माग गरेको हो ।
‘नेपालको सार्वभौमसत्ता र स्वाधिनतामा गम्भीर र दीर्घकालिन असर पर्ने एमसीसी सम्झौता पारित नगर्न नेपाल सरकारसमक्ष अनुरोध छ ।’ अध्यक्ष राजन मुकारुङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
एमसीसी उत्पीडित, उपेक्षित आदिवासी जनजातिहरूले जल, जमिन र जङ्गलमाथि अग्रअधिकारको माग गर्दै गरिरहेको आन्दोलन विपरित रहेको पनि महासंघको ठहर छ ।
एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी)को हिस्सा भएको तथ्य अमेरिकी उच्च अधिकारीहरूले नै सार्वजनिक गरिसकेका कारण नेपालको हितविपरित रहेको आदिवासी साहित्यकारहरुको भनाई छ ।








