बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोडको स्वास्थ्य सामाग्री सहयोग

तामसालिङ खबर
२६ भाद्र २०७८, शनिबार ०५:५०

भदौ, हेटौडा – प्रतिमान निमा स्मृति प्रतिठानले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । कोरोना महामारी मात्र नभई अन्य स्वास्थ्य सेवाको बेलामा प्रयोग हुनेगरी मन्त्रालयलाई विहीबार सामाग्री सहयोग गरिएको हो ।

२००७ सालका प्रजातान्त्रिक योद्धा प्रतिमानचन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिमान निमा स्मृति प्रतिष्ठानले प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको उपस्थितीमा प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिइन् ।

प्रतिष्ठानले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान ११ थरिका स्वास्थ्य ससामाग्री सहयोग गरिएको थापाले बताइन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ढिला नगरी प्राप्त सहयोग स्वास्थ्य सामाग्री १३ वटै जिल्लामा पठाइने बताउदैं दुरुपयोग नगरि सदुपयोग गरिने बताइन् । उनले प्रतिष्ठानले गरेको काम जनमुखी र सेवामुखी रहेको बताउदैं काभिड १९ मात्र नभइन स्वास्थ्य क्षेत्रको अन्य सेवामा पनि प्रयोग गर्न सकिने बताइन् ।

प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासको लागि हामीले मन्त्रालय फुटाएका हौं चुस्त दुरुस्त काम गर्न र सबै क्षेत्रमा स्वास्थ्य क्षेत्रको विकासको काम गर्ने भन्दै एउटै मन्त्रालयमा शिक्षा,स्वास्थ्य, महिला तथा बालबालिका, युवा, खेलकुद भएको हुदाँ स्वास्थ्य क्षेत्र गौण रहेका पनि हामीले फुटाएर मन्त्रालय खडा गरिएको बताइन् ।

त्यस्तै, स्वास्थ्य मन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीले जिल्लामा आवश्यक हेरेर सामाग्रीको दुरुपयोग हुन नदिइकन सदुपयोग हुने बताए । कोरोना खोपको व्यावस्थापनमा सबै क्षेत्र लाग्नुपर्ने बताउदैं प्रतिष्ठानलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राप्रपाका केन्द्रीय नेता मधु अधिकारी लगायतको सहभागिता रहेको थियो । प्रतिष्ठानले सात प्रदेशमा करिब ८ करोडको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*