सभामुखले बोलाएको सर्वदलिय बैठक बिना निश्कर्ष टुंगियो

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार १८:०९

भदौ, काठमाण्डौ – सोमबार बसेको सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन् ।

माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।

भदौ २३, २५ र २७ गतेको संसदमा बिरोध गर्दै नाराजुलुस लगाएपछि सभामुख सापकोटाले सोबारका लागी सर्वदलीय बैठक बोलाएका थिए । तर प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थिति रहेपछि बैठक बिना निश्कर्ष टुंगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*