काठमाडौँ साक्षर जिल्ला घोषणा
असोज, काठमाडौं – काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
काठमाडौँ जिल्लाको साक्षरता ९६.८८ प्रतिशत रहेकोकाले साक्षर जिल्ला घोषणा गरिएको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदीले साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजकको प्रस्ताव र प्रचलित कानुनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकाले साक्षर जिल्ला घोषणा गरेको बताए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






