बागमती प्रदेश घेदुङले भन्यो, मरेको गाई ब्यबस्थापन गर्न खोज्दा पक्राउ परेकालाई बिना शर्त रिहा गर्न माग

रिहाई नभए देशव्यापी कडा आन्दोलन हुने
ताम्सालिङ खबर
६ आश्विन २०७८, बुधबार १०:०८

असोज, हेटौडा – नेपाल तामाङ घेदुङ (नेवा:तामसालिङ) बागमती प्रदेश कार्यसमितिले मकवानपुरमा गाई काटेको आरोपमा १० जनालाई पक्राउ गरेको प्रति ध्यानाकर्षण गरेको छ ।

मरेको गाईलाई व्यबस्थापन गरिरहेका स्थानियलाई गाई काटेको आरोपमा नियोजित र षडयन्त्रपूर्ण ढंगले प्रहरीले पक्राउ गरेको घटनाप्रति मंगलबार घेदुङको अध्यक्ष लिलाकुमार घलानले एक विज्ञप्ती जारी गर्दै विनासर्त रिहाईको लागि माग गरेको हो ।

मकवानपुर प्रहरीले आइतबार साझ १० जनालाई बकैया गाउपालिका ११ कालिदमारका ३८ बर्षीय जनकबहादुर लो, ३५ बर्षीय राज लो, ४० बर्षीय रबिन्द्र लो, सिमाटार बस्ने ४५ बर्षीय राजकुमार घलान, ४८ बर्षीय प्रल्हादभत्त न्यासुर, १९ बर्षीय सोमार भोलन, ५० बर्षीय सञ्चमाया भोलन, १६ बर्षीय सन्देश विक, ४० बर्षीय सुनबहादुर तामाङ, ३६ बर्षीय फुलमाया थिङलाई पक्राउ गरिएको घटना प्रति घोरभत्र्सना गर्दछौ । विज्ञप्तिमा भनिएको छ ।

मुलुक धर्मनिरपेक्ष भईसकेता पनि ब्यवहारमा अझै हिन्दुराज्यको धङधङी रहेको परिप्रेक्ष्यमा संविधानको बर्खिलाप हुनेगरि स्वतन्त्ररुपमा बाच्ने र बाच्न पाउने नागरिकको अधिकार प्रति ठाडो उल्लघन भएको जनाउदै आदिवासी जनजाति र दलित समुदायलाई लक्षित गरि विभिन्न आरोप लगाउदै पक्राउ गरि फसाउने नियत प्रति निन्दानिय रहेको बिज्ञप्तिमा उल्लेख छ ।

‘प्रहरीले विशेष सुचनाको आधारमा भन्दै ‘गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा’ उनीहरुलाई पक्राउ गरिएको भन्ने नियोजित षड्यन्त्र गरी स्थानीयलाई फसाउन खोजिएको देखिएको छ । प्राप्त सुचनाअनुसार पक्राउ गरी राखिएका टोलीले गाई काटिएको नभई मरेको गाईको व्यवस्थापन गर्न खोजेका थिए ।’

झुट्टा आरोप लगाई क्षणिक लोकप्रीयता कमाउने नाममा स्थानिय नागरिकलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीलाई अविलम्ब छानबिनको दायरामा ल्याई आवश्यक कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ । अन्यथा हाम्रो सस्था देशव्यापीरुपमा कडा आन्दोलनमा उत्रने र उत्पन्न परिस्थितिको सामना गर्न सम्बन्धीत निकायलाई चेतावनी समेत दिएको छ ।

बिज्ञप्ति हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*