गाई काटेको आरोपमा पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान सुरु

तामसालिङ खबर
६ आश्विन २०७८, बुधबार ११:४१

असोज, हेटौंडा – पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा पक्राउ परेका १० जनालाई मकवानपुर प्रहरीले मुद्दा दर्ता गरेको छ । आईतबार साँझ मकवानपुर प्रहरीले बकैया-११ बाट गाई काटेको आरोपममा १० जना पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट १४ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ परेको सबै जनामाथि गौवध सम्बन्धी मुद्दा चलाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो,सोहि स्थानका ३५ वर्षीय राज लो,४० वर्षीय रबिन्द्र लो,सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान,४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन,५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका छन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र ईलाका प्रहरी कार्यलय फापरबारीको प्रहरी टोलीले आईतबार साँझ पक्राउ गरेको थियो । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*