हेटौडा १५ मा चुरे दोहन, खहरेको गिट्टी, ढुङ्गा र बालुवा सखाप

ताम्सालिङ खबर
६ आश्विन २०७८, बुधबार २०:०३

असोज, हेटौडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको तिन वटा सामुदायिक बन भित्रको खहरेबाट अबैध रुपमा गिट्टी, ढुङ्गा र बालुवा उत्खनन गरेको तथ्य बाहिरिएको छ ।

चुरेकाड सामुदायिक वनको जाँते पनेस क्षेत्र, सन्सारीमाई सामुदायिक वन भोर्ले कमाने क्षेत्र र रातोमाटे सामुदायिक वनको ठुलो सुकौली क्षेत्रमा रहेको खहरेबाट स्थानीय ठेकेदार, क्रसर व्यवसायी, प्रशासन र वनको कर्मचारीहरुको मिलोमतोमा बेलुका एक लट र राति २ बजेको समय देखि बिहान सम्म अबैध रुपमा गिट्टी, ढुङ्गा र बालुवा उत्खनन गरिएको तथ्य फेला परेको हो ।

प्राप्त सुचना अनुसार हाम्रा सहकर्मी उत्खनन गरिएको क्षेत्र जातेमा पुग्दा, ट्याक्टरको लाइनबद्ध रहेको देखे । उनीहरु स्फुर्त ढंगले बेल्चा मार्फत गिट्टी र वालुवा खनिरहेको भेटेका थिए । सहकर्मीले फोटो खिचेको देखेपछि ‘ऊ पत्रकार आयो, पत्रकार आयो भन्दै’ उनीहरु जंगल तर्फ भागेका थिए । यो घटनापछि दुइ दिन सम्म ति उत्खनन कार्य बन्द भएको थियो भने पछि पुन:शुरु भएको थियो ।

सब डिभिजन वन कार्यालय रातोमाटेका सहायक वन अधिकृत गायत्री शर्मालाई सोध्दा, हामी नियमित गस्तीमा हिडिरहेका हुन्छौ । प्राप्त सुचना अनुसार छड्के चेक पनि भैरहेको हुन्छ । तर रातिको समयमा उत्खननको कार्य भैरहेको भन्ने सूचना चाही थाहा थिएन । स्थानीयको सहयोग नभएकोले हामी राति गस्तीमा हिड्न सकेनौ । अब जिल्ला वन कार्यालय सहित विभिन्न सरोकारवाला संग समन्वय गरि राति र बिहान पख हुने गतिबिधिको निगरानी गर्ने छौ । उहाले भन्नु भयो।

त्यस्तै, १५ नम्बर वडाका वडाअध्यक्ष महारत्न लामा संग जानकारी लिदा, घरायसी प्रयोजनको लागि उत्खनन कार्य भएको होला, तर अबैध रुपमा उत्खनन भैरहेको जानकारी नभएको उनले बताए ।

उत्खनन गरेका गिट्टी, ढुङ्गा र वालुवा उनीहरुले नजिकैको नागस्वती, न्युरेनी, हटिया चिसापानीमा रहेको क्रसर उद्योगमा पुर्याउने गरेका छन् । ठेकेदारहरुले अबैध तरिकले गिट्टी, ढुङ्गा र वालुवा सडक निर्माण देखि विभिन्न प्रयोजनमा प्रयोग भएको स्थानीय बासिन्दा बताउछन ।

खहरेको उत्खनन गरिएको ठाउँमा ठुल-ठुला खाल्डा बनिसकेको छ । यस्तै भैरहने हो भने बस्ति संगैको चुरेको वनक्षेत्र सखाप भै निकट भबिष्यमा नै १५ नम्बर वडाका चित्रेपानी क्षेत्र, ६ नम्बर वडाका चौघडा क्षेत्र, ७ र ८ नम्बर वडाका कमाने क्षेत्रको बस्तिमा ठुलो असर हुने देखिन्छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*