सरकारले ४० वर्षमाथिका नागरिकको पिसाब जाँच गर्ने
असोज, काठमाडौं – ४० वर्ष कट्नुभएको छ ? उसो भए ढुक्क हुनुस्, सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ ।
बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले मृगौला रोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुरक्षाका लागि यस्तो कदम चालेको बताए ।
समिति सभापति जयपुरी घर्तीले अब ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने योजना रहेको बताए । उनका अनुसार पिसाब जाँच भने कहिलेदेखि शुरु गर्ने भन्नेमा भने निर्णय आएको छैन ।
पिसाब जाँच गर्नुको मुख्य उद्धेश्य मिर्गौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिनका लागि रहेको उनले बताइन् । साथै, उक्त जाँचले मृगौला फेल हुनाको कारण पनि औँल्याउने उनको भनाइ छ ।






