तालिवानलाई सार्कमा मान्यता दिन नेपालले अस्वीकार गर्‍यो

ताम्सालिङ खबर
८ आश्विन २०७८, शुक्रबार ००:११

असोज, काठमाडौँ – सार्कको अध्यक्ष नेपालले अफगानिस्तानमा हालसालै सत्ता हत्याएको तालिवानी सरकारका प्रतिनिधिलाई मान्यता दिन अस्वीकार गरेको छ ।

पाकिस्तानले तालिवानी सरकारका प्रतिनिधिलाई सार्कका सहभागिता जनाउन अनुमति दिन आग्रह गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको एएनआइले जनाएको छ ।आउँदो शनिबार सार्क राष्ट्रका परराष्ट्रमन्त्री स्तरीय अनौपचारिक बैठकको आह्वान गर्न लागि पनि अफगानिस्तानको उपस्थित विवादले स्थगित हुन पुगेको छ।

अघिल्लो अशरफ घनी सरकारले प्रतिनिधिको रुपमा नियुक्त गरिएका गुलाम एम इसाकजाई बैठकमा सहभागी नगराउने कुरा लिखित रुपमा दिन पाकिस्तानले गरेको आग्रहलाई अध्यक्ष नेपालले नमानेको जनाइएको छ।

पाकिस्तान अफगानिस्तानको तालिवानी सरकारलाई अन्तराष्ट्रिय मान्यता दिलाउन लागि परे पनि अरु देशहरुले अस्वीकार गर्दै आएका छन्। तालिबानलाई पाकिस्तान बाहेक अरु कुनै सार्क राष्ट्रले मान्यता दिएका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*