काठमाडौंमा आइतबारबाट बिद्यालय खोल्ने
असोज, काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो।
आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,उनले भने, त्यसको लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो।
विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधी, व्यवस्थापन समिति लगायत सरोकारवालाहरूसँग छलफल गरेरमात्रै खोल्नुपर्ने उनले बताए। यद्यपी विद्यार्थीहरू नपठाउने भनेमा अनिवार्य नगरिने उनले बताए।






