कांग्रेस हेटौंडा उपमहानगरको सभापतिमा इटेनी निर्बाचित

ताम्सालिङ खबर
१० आश्विन २०७८, आईतवार ०६:४७

असोज, हेटौंडा – नेपाली कांग्रेस हेटौंडा उपमहानगरमा उत्सव इटेनीको प्यानलले जितेको छ ।

शनिबार सम्पन्न अधिवेशनले हेटौंडा उपमहानगर सभापतिमा इटेनी र अन्य पदमा इटेनी प्यानलकै उम्मेदवार विजयी भएका हुन् । उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी बनेका हुन । नगर सभापति उत्सव इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गरेका छन ।

उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका डोल्मा स्याङ्बोले २५७ र रामकृष्ण कोइरालाले ३०० मत प्राप्त गरी विजयी बनेका हुन, अर्का ज्योती कोइराला १२६ शेशन गोले ९३ले प्राप्त गरेका छन।

त्यसैगरी सचिवमा कुमार पोखरेलले १६३ गंगा प्रसाद पौडेलले ११० मत, सविन न्यौपानेले २९७ मत र हर्क रत्नलामाले २२२ मत प्राप्त गरेका छन। २९७ मत र २२२ मत प्राप्त गरी न्यौपाने र लामा सचिव पदमा निर्वाचित भएका हुन ।

सहसचिवमा अञ्जनी पराजुलीले १५७ मत ,निगम श्रेष्ठले २५८ मत विकास बानियाँले २६५ मत र राजकुमार जोशीले ८४ मत प्राप्त गरेका छन। इटेनी प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ र बानियाँ सहसचिव पदमा निर्वाचित भएका हुन। ४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*