बकैया घेदुङले गाई काटेको आरोपमा पक्राउ परेकालाई रिहा गर्न माग गर्दै भोलि हेटौडामा शान्तिपूर्ण र्याली हुने
असोज, हेटौडा – पूर्वी मकवानपुरको बकैया गाउपालिकाबाट गाई काटेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै भोलि हेटौडामा शान्ति र्याली गर्ने भएको छ ।
नेपाल तामाङ घेदुङ बकैयाको नेतृत्वमा बागमती प्रदेश घेदुङ, जिल्ला घेदुङको पदाधिकारी सहित र स्थानीयहरुको सहभागिता हेटौडामा शान्ति पूर्ण र्याली गर्ने भएको हो । बुद्धचोकमा २ बजे जम्मा भई बजार परिक्रमा गर्ने कार्यक्रम रहेको बकैया घेदुङको अध्यक्ष निरु थिङ्ले बताउनु भयो ।
शान्तिपूर्ण र्याली पछि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र प्रहरी कार्यालय सम्म पुगिने योजना रहेको अध्यक्ष थिङ्ले बताए ।
गाई काटिरहेको खबर पाएपछि मकवानपुर प्रहरीले गत आइतबार १० जनालाई पक्राउ गरेको हो । पक्राउमा पर्ने मध्ये १६ बर्षीय सन्देश बिक छुटेका छन् । उनीलाई पछि आबश्यक अनुसन्धान गर्नु परेको अवस्थामा उपस्थित गराउने शर्तमा छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुर प्रहरीले बाँकी ९ जनालाई १४ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको छ । यता, मरेको गाई ब्यबस्थापन गर्ने क्रममा प्रहरीले पक्राउ गरि सोझासिधा जनतालाई दुख दिएको भन्दै नेपाल घेदुङ संघिय समिति, घेदुङको बागमती प्रदेश समिति, मकवानपुर जिल्ला घेदुङ, बकैया घेदुङले बिज्ञप्ति समेत निकाली बिना शर्त रिहाई गर्न माग गरेको थियो ।
त्यस्तै, बकैया घेदुङ्गको नेतृत्वमा पक्राउमा परेकाहरुको आफन्त सहितको सहभागितामा पत्रकार सम्मेलन समेत गरिसकेको छ।

ताम्सालिङ खबर 




