हेटौडामा गाई काटेको आरोपमा पक्राउ परेकाको रिहाईको माग गर्दै प्रदर्शन (तस्बिर सहित)

ताम्सालिङ खबर
११ आश्विन २०७८, सोमबार १७:५३

असोज, हेटौंडा – मकवानपुरको पूर्वी क्षेत्रको बकैया गाउँपालिकाबाट गाई काटेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै सोमबार हेटौंडामा शान्तिपूर्ण प्रर्दशन गरिएको छ ।

नेपाल तामाङ घेदुङ बकैयाको आयोजनामा प्रदेश घेदुङ्ग, मकवानपुर जिल्ला घेदुङ्गको समन्वयमा हेटौंडाको बुद्धचोकमा शान्तिपूर्ण प्रर्दशन रहेको थियो । सिमाचोकबाट र्याली शुरु भई बुद्धचोकमा आइपुगी सभामा परिणत भएको हो ।

सभालाई सम्बोधन गर्दै बागमती प्रदेश घेदुङ्ग अध्यक्ष लिलाकुमार घलानले गाउका सोझासिधा जनतालाई संकटकालमा जसरी आतंक सिर्जना गराई झुटो आरोपमा निर्दोष स्थानीयलाई बिना शर्त रिहाई गर्न माग गर्दै अब सबैपक्षसँग समन्वय गरी कडा आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् ।

प्रर्दशनमा सहभागिहरुले ‘संवैधानीक विभेद खारेज गर, प्रहरी दमन बन्द गर, झुट्टा आरोप खारेज गर, विना सर्त रिहा गर, झुटो आरोप लगाई फसाएका निर्दोष व्यक्तिहरु अबिलम्ब रिहा गर’ लगायतका प्ले कार्ड बोकी शान्तिपूर्ण र्याली सहित प्रदर्शन गरेका थिए ।

संघिय घेदुङ्ग सहित प्रदेश, जिल्ला र स्थानीय बकैया घेदुङ्गले समेत बिज्ञप्ति निकाली बिना शर्त रिहाको गरेका थिए । बकैया घेदुङ्गको अगुवाईमा आरोपित व्यक्तिहरुको आफन्त र प्रत्यक्षदर्शी सहित हेटौडामा पत्रकार सम्मेलन गरेको थियो ।

मकवानपुर प्रहरीले गत असार ३ गते साँझ गाई काटिरहेको खबर पाएपछि १० जनालाई पक्राउ गरेको थियो । पक्राउमा पर्ने मध्ये एक १६ वर्षीय सन्देश बिक छुटेका छन् । उनीलाई पछि आवश्यक अनुसन्धान गर्नु परेको अवस्थामा उपस्थित गराउने शर्तमा छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीले बाँकी ९ जनालाई १४ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*