मनहरीमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको बुधबार प्रथम सम्मेलन हुँदै
असोज, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा मनहरी गाँउकमिटिको प्रथम सम्मेलन बुधबार हुने भएको छ ।
भोलि (बुधबार) मनहरी गाउपालिका वडा नम्बर ९ रजैयामा रहेको अग्निहोत्राश्रमको सभाहलमा सम्मेलन तय गरिएको कार्यक्रम संयोजक नेता बाबु थिङले जानकारी दिए ।
प्रथम सम्मेलन तथा भेला प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तान, पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादु पुलामी (छिन्तु) ,बागमति प्रदेश कमिटिका सदस्य ओमबहादुर ग्लान, बिरबहादुर घलान(ज्वाला) लगायत जिल्लाका तामाङ नेताहरुले प्रशिक्षण दिने कार्यक्रम तय भएको नेता थिङ्ले बताउनु भयो ।

ताम्सालिङ खबर 




