जेलमा ‘ग्याङ फाइट’, एक सय बढीको मृत्यु

तामसालिङ खबर
१५ आश्विन २०७८, शुक्रबार १४:४९

असोज, एजेन्सी – इक्वेडरको एउटा जेलमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल जेलमा परस्पर विरोधी समूहबीच भएको झडपमा उक्त घटना भएको हो ।

कैदीहरुबीच जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । लागू पदार्थ तस्करहरुलाई राखिएको उक्त जेललाई नियन्त्रणमा लिन ४ सय बढी सुरक्षाकर्मी खटाउनु परेको छ । इक्वेडरमा लागूपदार्थ नेटवर्क चलाउने मेक्सिकन समूहको आदेशमा उक्त झडप भएको बताइएको छ ।

घटनास्थल नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीहरुले घटनालाई भयंकर त्रासदीपूर्ण भनेका छन् । जेलमा रहेका विभिन्न समूहहरुबीच गोली र बम हानाहान भएको अधिकारीहरुले बताएका छन् । जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो । घटनामा ५० बढी कैदीहरु घाइते भएको जनाइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*