साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउदै नेपालको जित शुरुवात

तामसालिङ खबर
१६ आश्विन २०७८, शनिबार ०६:५७

असोज, माले – माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे ।

यसअघि सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*