कैलाश गाउँपालिका अध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

तामसालिङ खबर
१६ आश्विन २०७८, शनिबार ०६:१३

असोज, हेटौडा – मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान सहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

पत्रकारिता तालिमका नाममा आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गाउँपालिका अध्यक्ष मुक्तान, फिलिंगो मिडियाका संचालक राम कुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडल विरुद्ध मुद्दा दायर गरेको हो ।

गाउँपालिकाले तालिम कार्यक्रम संचालन गर्दा अनियमितता गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कैलाश गाउँपालिकाले आ.ब. २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालन बापत भए गरेको कामभन्दा बढी रु. २ लाख ६० हजार ९ सय भुक्तानी गरी लिए दिएको पुष्टि भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ (१) बमोजिम विशेष अदालत, काठमाडौमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*