बकैया गाईकाण्ड : पक्राउ परेका ९ जनालाई धरौटिमा छोड्न अदालतको आदेश
असोज, हेटौंडा – पूर्वी मकवानपुरको बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका ९ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटिमा छोड्न आदेश दिएको छ ।
सोमबार जिल्ला न्यायाधीश कमलराज विष्टको इजालशले पक्राउ परेका १० जना मध्ये ९ जनालाई जनही ४० हजार धरौटिमा छोड्न आदेश दिएको हो ।
पक्राउमा परेको १० जना मध्ये एक बालक रहेकोले उनलाई अविभावकको जिम्मा लगाईएको थियो । मकवानपुर प्रहरीले गत असोज ३ गते उनीहरुलाई बकैया गाउँपालिका ११ बाट गाई काटेको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको थियो ।
पक्राउ परेकाहरुलाई नेपाल तामाङ घेदुङ बकैया, जिल्ला घेदुङ्ग र बागमती प्रदेश घेदुङ्गले हेटौडामा शान्ति र्याली सहित बिना शर्त रिहाईको माग गर्दै विज्ञाप्ति समेत निकालेको थियो ।






