श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

तामसालिङ खबर
१९ आश्विन २०७८, मंगलवार १०:१२

असोज, काठमाडौं – काठमाडौंबाट नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज ​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चिप्लिएको छ ।

जहाज चिप्लिएर घाँसतिर गएको र थप विवरण आउन बाँकी रहेको विमानस्थलका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए । ९ एन ए एन एफ कलसाइन भएको क्यू ४०० – ८ जहाज धावनमार्गमा जान ट्याक्सि वे मा जाने गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको हो । विमानस्थल भने सुचारु रहेको छ । जहाज १० बजे दुर्घटनामा परेको हो ।

अहिले सो जहाज निकाल्ने प्रयास भइरहेको र त्यहा रहेको यात्रुहरुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको जनाएको छ । जहाजमा चालक दल ४ जना सहित ८० जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*