बागमतीमा ५५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

तामसालिङ खबर
१९ आश्विन २०७८, मंगलवार ०९:११

असोज, हेटौडा – बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या २३ लाख ४४ हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म २३ हजार ४४ हजार ६ सय ३४ अर्थात ५५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।

प्रदेशमा ४ लाख ६ सय ३४ जना अर्थात ४९ प्रतिशले कोभिसिल्ड, १५ लाख ६३ हजार ३१ जना अर्थात ७६ प्रतिशतले भेरोसेल र ३ लाख ८० हजार ९ सय ६९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए । उनका अनुसार, प्रदेशका १८ वर्ष भन्दा माथिका २४ प्रतिशत अर्थात १० लाख २५ हजार १ सय १४ जना नागरिकले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

काठमाडौंका १ लाख ७३ हजार ७ सय २ जनाले कोभिसिल्ड, ७ लाख ८८ हजार ७ सय ३४ जनाले भेरोसेल र १ लाख ५६ हजार ४ सय ६४ जनाले जोन्सन खोप लगाएका छन् । यसैगरी, ललितपुरका ३२ हजार ७ सय ७४ जनाले कोभिसिल्ड, २ लाख ३ हजार २ सय २ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् । भक्तपुरका १६ हजार ४ सय ८८ जनाले कोभिसिल्ड, १ लाख ४८ हजार ३ सय २९ जनाले भेरोसेल र १९ हजार ९ सय २३ जनाले जोन्सन, रसुवाका ३ हजार ७० जनाले कोभिसिल्ड, १८ हजार ४ सय ३६ जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् ।

नुवाकोटका २० हजार ७ सय १ जनाले कोभिसिल्ड, ३४ हजार ३ सय ४३ जनाले भेरोसेल र ११ हजार ७ सय ८३ जनाले जोन्सन, धादिङका १२ हजार ७ सय ४६ जनाले कोभिसिल्ड, २५ हजार ३ सय ४६ जनाले भेरोसेल र १५ हजार २ सय ८ जनाले जोन्सन खोप लगाएका छन् ।चितवनका ३६ हजार २ सय १२ जनाले कोभिसिल्ड, ७९ हजार ३ सय ५३ जनाले भेरोसेल र ३६ हजार ५ सय ३७ जनाले जोन्सन, सिन्धुलीका ६ हजार ५ सय ३१ जनाले कोभिसिल्ड, १६ हजार १ सय ७० जनाले भेरोसेल र ११ हजार २ सय ८ जनाले जोन्सन, मकवानपुरका २२ हजार ८३ जनाले कोभिसिल्ड, ७० हजार ६ सय ८४ जनाले भेरोसेल र ३७ हजार ७ सय ९१ जनाले जोन्सन खोप लगाएका छन् । रामेछापका ३२ हजार ४ सय १४ जनाले कोभिसिल्ड, २५ हजार ३३ जनाले भेरोसेल र १७ हजार ८ ९७ जनाले जोन्सन खोप लगाएका छन् ।

यसैगरी, दोलखाका ९ हजार ३७ जनाले कोभिसिल्ड, २२ हजार ७ सय ५८ जनाले भेरोसेल र ५ हजार ३ सय २५ जनाले जोन्सन, काभ्रेका २१ हजार १ सय ९३ जनाले कोभिसिल्ड, ९७ हजार ४ सय १३ जनाले भेरोसेल र २१ हजार ६ सय ३९ जनाले जोन्सन र सिन्धुपाल्चोकका १३ हजार ६ सय ८३ जनाले कोभिसिल्ड, ३२ हजार ८ सय ४द्ध जनाले भेरोसेल र ११ हजार ९ सय २३ जनाले जोन्सन खोप लगाएका छन् । बागमती प्रदेशमा हालसम्म २७ लाख ५ हजार ६ सय ३९ जनाको कोरोना परीक्षण गर्दा ४ लाख ३६ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये हालसमम ४ लाख २३ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार ४ सय ४३ जनाको निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*