राक्सिराङ र कैलाशमा लगाईएको २७ बिगाहा ८ कठ्ठा गाँजा खेती नष्ट

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार १४:३९

असोज, हेटौंडा – मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।

असोज १७ गते देखी १९ गते सम्मको लागी बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक देवेन्द्र दासको कमाण्डमा ६१ जनाको टोली गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

टोलीले जिल्लाको गाँजा खेती हुने राक्सिराङ गाउँपालिका र कैलाश गाउँपाकिलाको वडा नंबर ३ र ४ को कालिकाटार कटुन्जे, अम्बाटार, कात्तिके देउराली ,चिसापानी, बेतेघारी, सलनी र टोकुवा क्षेत्रमा लगाएको गाँजा खेती २७ बिगाहा ८ कठ्ठा र गाँजाको ब्याड ४ कठ्ठाको नष्ट गरेको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*