बागमती गाउपालिकामा दशैंतिहारको बीचमा विद्यालय खुल्ने
असोज, हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकाले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसरमा यहि असोज २५ गते सोमबार देखि विदा दिने निर्णय गरेको छ ।
बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार श्रेष्ठले एक सूचना जारी गदै यहि सोमबार देखि कार्तिक २ गते सम्म सम्पूर्ण पठनपाठन बन्द हुने जनाएका छन्।
असोज १८ गते बसेको प्रधानाध्यापक बैठकले असोज २४ गतेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । कोभिड–१९ महामारीका कारण बन्द भएको विद्यालय ५ महिनापछि गत भदौ २७ गतेबाट खुलेको थियो ।
दशैंतिहारको बीचमा बन्द हुने विद्यालय यस वर्ष भने छुट्टी कटौती गरी कार्तिक ३ गतेबाट खुल्ने सूचनामा उल्लेख छ ।







