बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो

तामसालिङ खबर
२१ आश्विन २०७८, बिहीबार ०८:२०

असोज, हेटौंडा – बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले काठमाडौं उपत्यका बाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडा वृद्धि गरेको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ ।

भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा साथमा लैजान पाउने जनाईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*