मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि अग्रवालको प्यानल घोषणा

तामसालिङ खबर
२२ आश्विन २०७८, शुक्रबार ०७:१३

असोज, हेटौंडा – मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो प्यानल घोषणा गरेका छन ।

बिहीबार हेटौंडामा टिम घोषणा कार्यक्रम मार्फत गुप्ता नेतृत्व आधिकारिक टिमको घोषणा गरिएको हो । अग्रवालको टिममा बाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, एसोसियट उपाध्यक्षमा विष्णु खनाल र बस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा कुल प्रसाद चौलागाई, जाबेद हुसेन, सन्तोष कुमार अर्याल, गणेश प्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्ण प्रसाद ढुङ्गाना, नीलम बैद्य, भुपेन्द्र प्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदीप अर्याल, दिपक खत्री, निलम पाण्डे, श्रीकृष्ण कर्मचार्य, राजाराम कार्की, अनिल भक्त श्रेष्ठ, कृष्णहरी बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, विकेशलाल श्रेष्ठ, सीता देवी भेटवाल रहेका छन ।

घोषण कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जिवनकाजी माकाजु, भुवनलाल श्रेष्ठ वर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*