केएमसी अस्पताल दुवाकोटमा उपचार सेवा पुनःसुरु

तामसालिङ खबर
९ कार्तिक २०७८, मंगलवार १२:३२

कार्तिक, काठमाण्डौ – चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा रहको काठमाडौँ मेडिकल कलेज (केएमसी अस्पताल)ले २४ घण्टा बिरामी उपचार गर्ने भएको छ ।

कोरोनाको कारण रोकिएको बिरामीको उपचार सेवा पुनः सुचारु भएको जानकारी गर्न हिजो सोमबार र आज मंगलबार गरेर दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छन् ।

करिब एक वर्ष अगाडी अस्पतालको व्यवस्थापन परिवर्तन भए सँगै भक्तपुरमा रहेको यस अस्पतालले चिकित्सकको पढाई मात्र नभएर बिरामीको उपचार पनि गर्ने योजना बनाएको थियो ।

मुख्य अस्पताल काठमाडौँ सिनामंगलमा रहेको अस्पतालले स्वास्थ्य शिविरमा आएका बिरामीको शल्यक्रिया गर्नु पर्ने भएमा ५० प्रतिशतसम्म छुट दिने अस्पतालका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए ।

अस्पतालले सम्पूर्ण रोगहरूको विशेषज्ञ चिकित्सकबाट परामर्श र उपचार गर्ने सो अवसरमा जानकारी दिएको छ । प्रसूति, नाक कान घाँटी, दन्त, छाला, हाड तथा नशालगायतका विभिन्न प्रकारका रोगहरूको उपचार भक्तपुरमै सुरु गर्ने तयारी अस्पतालले गरिरहेको छ ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम प्रसाद मिश्रले चाँगुबासीलाई अस्पतालले जति सुविधा दिन्छ त्यति नै नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*