मौसम – देशका विभिन्न भू-भागमा आंशिक बदली

तामसालिङ खबर
९ कार्तिक २०७८, मंगलवार १०:३९

कार्तिक, काठमाण्डौ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ ।देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*