भागबण्डा फेरियो : मोक्तानलाई सामाजिक विकास, खनाललाई आन्तारिक मामिला

ताम्सालिङ खबर
११ कार्तिक २०७८, बिहीबार १५:१६

कार्तिक, हेटौडा – नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा आज नयाँ सरकार गठन हुँदैछ ।

गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय र नेकपा एकीकृत समाजवादी संसदीय दलको उपनेता कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने गरी भागबण्डा मिलाएको छ ।

यसअघि खनाललाई सामाजिक विकास मन्त्रालय र मोक्तालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको भएपनि भागबण्डा मिलाउन मन्त्रालय फेरबदल गरिएको हो । कांग्रेस संसदीय दलका उपनेता भँडेललाई भने भौतिक पूर्वाधार विकास मन्त्रालयकै जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*