पश्चिम मकवानपुरमा दुई दिन विद्युत कटौती हुने
कार्तिक, हेटौंडा – हेटौंडा सहित मनहरी र राक्सिराङ र कैलाशको विभिन्न स्थानमा आइतबार र सोमबार दुई दिन विद्युत कटौती हुनेभएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज र भोलि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुने जनाएको हो ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरको हेटौंडा देखी मनहरी गाउँपालिकाको लोथर सम्म र राक्सिराङको चैनपुर, कैलाश वडा नम्बर ४ पञ्जनी, देवीटार काकाँडा लगायतका स्थानमा दुई दिन विद्युत आपुर्ति बन्द हुने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
फिडर अन्तर्गतका हेटौंडा-भरतपुर- बर्दघाट २२० के भी प्रशारण लाइन आयोजनाको टावर नं एपी १०.० डिडि टाइप टावरको तार तन्काउने काम भएकोले सो टावर मुनी मकवानपुरको उक्त क्षेत्रमा गएको विद्युतको तारको लाइन काटी काम गर्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ ।







