तामाङ पत्रकार संघ चितवनमा बबिलाल तामाङको नेतृत्व

प्रमिला तामाङ
१५ कार्तिक २०७८, सोमबार १७:१६

कार्तिक, चितवन – तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ चयन हुनुभएको छ । चितवनमा आज सोमबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा सुनिता लामा, सचिबमा प्रकाश तामाङ, सह-सचिवमा सन्तोष तामाङ, कोषाध्यक्षमा प्रतिमा तामाङ, लगायत सदस्यहरुमा प्रमिला तामाङ, सन्जय तामाङ, सबिन लोप्चन तामाङ, युवक तामाङ, सिमा तामाङ र सुरेश थिङ तामाङ चयन हुनुभएको छ ।

बागमती प्रदेशका पुर्व कृषि मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

त्यस्तै, कार्यक्रममा राप्ति नगरपालिका उपमेयर इमान सिं लामा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य तथा चितवन इन्चार्ज गोमान सिं तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका सह-सचिब एवम् तामाङ पत्रकार संघ चितवनका सस्थापक अध्यक्ष उर्गेन तामाङ, सन्देश घलान, देबेन्द्र लामा, गोपाल विस्वकर्मा, सुनिता डल्लाकोटी, आईतिदेबी स्याङ्तान, दिल कुमारी थिङ, सन्जय चौधरी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तेस्रो अधिबेशनकै अवसरमा तामाङ पत्रकार संघ चितवनका सस्थापक अध्यक्ष उर्गेन तामाङलाई सस्थापक अध्यक्ष भएर संघलाई पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*