नेपाली महिला टिम टी–२० विश्वकप छनोटको तयारी गर्न बंगलादेश प्रस्थान

तामसालिङ खबर
१९ कार्तिक २०७८, शुक्रबार ०६:४१

कार्तिक, काठमाडौं – अभ्यास खेलका लागि नेपाली महिला टिम बिहिबार बंगलादेश गएको छ । त्यहाँ नेपाली महिला टिमले चार वटा खेल खेल्नेछ । नेपाली महिला खेलाडीलाइ क्यानका सदस्यले विदाइ गरेका छन ।

नेपाली टिमले बंगलादेशमा ए टिम र मिश्रीत टिमसँग नेपाली महिला टिमले अभ्यास खेल खेल्ने बताइएको छ । त्यसपछि नेपाली टिम फेर स्वदेश फर्किने छ । नेपाली महिला टिमले कतारकालागि १४ नोभम्बरमा जाने तयारी छ भने उसले नोभम्बर १६, १७ र १८ तारिखमा टी २० आई कतारी टिमसँग खेल्नेछ । त्यसको अर्को दिन टिम दुबई प्रस्थान हुनेछ ।

नेपाली महिला टिमले करिव दुई बर्षपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । अन्तिमपटक घरेलु मैदानमा भएको दक्षिण एशियाली खेलकुद सागपछि महिला टिमले कुनैपनि अन्तराष्ट्रिय खेल खेलेको छैन ।

छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले रुविना क्षेत्रीको कप्तानीमा खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । आइसीसी महिला टी २० विश्वकपको एशिया छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।

नोभम्बर २२ मा नेपालले दुबई स्थित आइसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ । यस्तै नोभम्बर २३ मा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ भने नोभेम्बर २५ मा कुवेतको सामना गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*