बोलेरोले ठक्करले हेटौंडामा एकको मृत्यु

तामसालिङ खबर
१ मंसिर २०७८, बुधबार ०८:५९

मंसिर, हेटौंडा – मकवानपुरको हेटौंडा-९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गए राति हेटौंडाबाट रातोमाटे जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिँदा मोटरसाईकल चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*