राक्सिराङका यी क्षेत्रमा ५ दिनसम्म बिद्युत अबरुद्ध हुने

तामसालिङ खबर
७ मंसिर २०७८, मंगलवार ११:५१

मंसिर, हेटौडा (राक्सिराङ) – पश्चिम मकवानपुरको विभिन्न क्षेत्रमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन बिद्युत अबरुद्ध हुने भएको छ ।

बिद्युत प्राधिकरण हेटौडा वितरण केन्द्रले सुचना जारी गर्दै सो अवधिमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दैनिक ४ घण्टा बिद्युत अवरुद्ध रहने जानकारी गराएको  हो ।

हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनमा तार तान्ने काम भइरहेकाले बिद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । सो अवधिमा मनहरी सहित राक्सिराङको चैनपुर, रुपाचुरी, देवीटार, पञ्जनी, काँकडा सहित कैलाश गाउँपालिकाको केहि भागमा समेत बिद्युत अवरुद्ध हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*