मनहरीमा २ दिने रणनीति निर्माण कार्यशाला सकियो

तामसालिङ खबर
८ मंसिर २०७८, बुधबार १८:४२

मंसिर, हेटौडा (मनहरी) – मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरको रणनैतिक कार्ययोजना निर्माण कार्यशाला बुधबार सम्पन्न भएको छ । ग्रामिण जागरण तथा विकास संगठन नेपाल (राडो नेपाल) को आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मनहरी गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।

यहि मंसिर ७ र ८ गते भएको कार्यशालाले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरमा रणनैतिक योजना निर्माणको खाका तयार पारेको हो ।

कार्यशालामा मनहरी गाउँपालिकाका विभिन्न निकायका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, जनप्रतिनिधि, बालसञ्जालको प्रतिनिधि, पत्रकार सहितको कार्यशालाले कार्यक्रमको दोस्रो दिन मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरको रणनैतिक कार्ययोजनाको खाका निर्माण गरेको हो ।

कार्यशालामा सहभागी भएकाहरुलाई ३ समुहमा विभाजन गरि समुहगतरुपमा रणनिति बनाउन लगाइएको थियो । तीनै समुहले बनाएको रणनितिलाई एउटैमा परिमार्जन गरि निचोड निकालिएको थियो । परिमार्जित कार्ययोजना कार्यानवयनको लागि मनहरी गाउँपालिकालाई प्रदान गरिने छ ।

कार्यशालाको दोस्रो दिन समापन समारोह मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै बिष्टले २ दिने रणनीति निर्माण कार्यशालाले स्थानिय स्तरमा रणनीति निर्माण गर्न शिक्षा मिलेको बताउनुभयो ।

त्यस्तै समापन समारोहमा बोल्दै मनहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले २ दिने रणनीति निर्माण कार्यशालाले निर्माण गरेको कार्ययोजना कार्यान्वयन गर्न सके मानब बेचबिखन तथा ओसारपसार न्युनिकरण हुनेमा विस्वास व्यक्त गर्नुभयो ।

राडो नेपालका कर्मचारी राजु राउतले सञ्चालन गर्नुभएको कार्यशालामा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालाको अधिवक्ता मन प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*