छयुसी बौद्ध गुम्बाको प्रथम साधारणसभा

तामसालिङ खबर
१४ मंसिर २०७८, मंगलवार ०९:२९

मंसिर, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिका वडा नम्बर ६ रहेको छ्युसी बौद्ध गुम्बाको प्रथम साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम वडाअध्यक्ष सिंग लाल प्रजाको प्रमुख आतिथ्य र गुम्बा समिति अध्यक्ष सबिन कुमार लोप्चनको सभापतित्वमा भएको थियो ।

त्यस्तै साधारण सभाको अवसरमा वडा अध्यक्ष प्रजाले ५१ हजार नगद गुम्बा अक्षयकोष को लागि सहयोग प्रदान गरेको छ । कार्यक्रममा अतिथिहरु एमाले नेता बखत बहादुर चेपाङ, ईसाई धर्म गुरु मोति राम चेपाङ, सिलिङ्गे माबिका अध्यक्ष कमल चेपाङ, सामुदायिक वनका अध्यक्ष आइत सिं प्रजा, लगायत वडा भरिका अग्रज ब्याक्तिहरुको उपस्थित रहेको थियो ।

सो अवसरमा गुम्बा निर्माण र स्थापनाको लागि अहम् भुमिका निर्वाह गर्ने बाबुराम थिङ लाई सम्मान गरेको थियो। कार्यक्रममा आफ्नो भनाई राख्दै सामुदायिक वनका अध्यक्ष प्रजाले गुम्बा निर्माणमा आवश्यक परेको फर्निचर निर्माणको लागि काठ उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*