धर्म परिवर्तन गराउनेलाई जेल हाल्नु लाेकतन्त्र विरोधी – मुख्मन्त्री पाण्डे

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ०७:०४

मंसिर, हेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले धर्म परिवर्तन गरेको भनेर जेल हाल्नु लोकतन्त्र विरोधी भएको बताएका छन् ।

नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर ईसाई समाजको संयुक्त आयोजनामा भएको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताउदै धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत भएको टिपणी गरेका छन् ।

उनले यस विषयमा प्रदेश सरकार गम्भिर रहेको र केन्द्रमा समेत यस बिषयमा आवाज उठाउने भन्दै सरकारले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताए । धर्म र संस्कृतिको हिसाबले अरु देशभन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उनले जानकारी दिए ।

पाण्डेले भने, ‘हाम्रो नेपाली समाज अरु देशकोभन्दा पृथक र छुट्टै पहिचान बोकेको छ । सबै जातजाति, क्षेत्र, वर्ग र समुदाय बीच घनिष्ठ सम्बन्ध रहेको छ । हामी सयौँ जातको फुलबारीको हो भन्ने देशलाई फुलबारीको रुपमा विकास गर्नु पर्छ ।’

ईसाईहरुको समस्याको रुपमा रहेको दाह सस्कार अर्थात चिहानको अभावको विषयलाई प्रदेश सरकार गम्भिर रहेको भन्दै यो समस्या चाँडै हल हुने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महत, नेपाल ख्रिष्टियन समाजका महासचिव रेभ. डिल्लीराम पौडेल, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टर राजेश प्रसाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुरेन्द्र बहादुर गुरुङ, सीटीइभीटी बागमती प्रदेश प्रमुख तौलेन्द्र आचार्य लगायतको आतिथ्यतथा रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*