कक्षा १२ को नतिजा सार्वजनिक

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १०:११

मंसिर, काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए । ‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । कोरोनाका कारण पटक-पटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*