महालक्ष्मी विकास बैंकद्धारा टोलविकासलाई डस्विन सहयोग

तामसालिङ खबर
१९ मंसिर २०७८, आईतवार ०६:२९

मंसिर, हेटौडा – हेटौंडामा रहेको महालक्ष्मी विकास बैंक कमाने शाखाले शनिबार डस्विन सहयोग गरेको छ । स्थानिय विष्णु कप्रौलाको पहलमा हेटौँडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठुलो डस्विन सहयोग गरेको हो ।

हेटौंडा ११ का कार्यवाहक वडा अध्यक्ष रामचन्द्र न्यौपानेले सहयोग स्वरुप प्राप्त भएको डस्विन टोल विकास संस्थाको अध्यक्ष तारा कप्रौलालाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ-आफ्नो टोललाई सफा, शान्त र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने बताए । बैंकको सामाजिक उत्तरदायित्व तथा सेवा अन्तरगत डस्विन सहयोग गरेको बैंकका शाखा प्रमुख रोशन सेन गुप्ताले बताए ।

कार्यक्रममा बैकका शाखा प्रमुख गुप्ता, बैकका कर्मचारी सलिना मानन्धर, सुदीप खनाल, टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*