एनसेलका ग्राहकले अब भाइबर निःशुल्क प्रयोग गर्न पाउने

तामसालिङ खबर
२१ मंसिर २०७८, मंगलवार १२:५७

मंसिर, काठमाडौं – एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबर बीच ग्राहकलाई विशेष डेटा प्याकेज उपलब्ध गराउने गरी सम्झौता भएको छ । यसअन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरू हिरो प्याक, ननस्टप युट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा भाइबर चलाउन थप छुट्टै डेटा निःशुल्क प्राप्त गर्नेछन् ।

हुन त पहिलेदेखि नै प्रिपेड र पोस्टपेड डेटा प्याकेजमा वैकल्पिक ‘एड-अन’ उपलब्ध हुँदै आएको छ । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजिङ, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप उपलब्ध डेटा खपत हुने जनाइएको छ ।

भाइबरले प्रयोगकर्ताको डेटाको सुरक्षाका लागि पनि थप परिष्कृत गरेको समेत जनाइएको छ । त्यसैगरी, एनसेल ग्राहकले भाइबरको स्टिकरमा निःशुल्क पहुँच पाउनेछन् । कतिपय पेड स्टिकर प्याक समेत एनसेल ग्राहकको हकमा निःशुल्क उपलब्ध हुने जनाइएको छ ।

‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकलाई भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौं र नेपाली उपभोक्तालाई सेवाबाट फाइदा दिन थप अवसर सिर्जना गर्ने योजनामा छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*