सुनचाँदीको मूल्यमा गिरावट

तामसालिङ खबर
२१ मंसिर २०७८, मंगलवार ०९:१९

मंसिर, काठमाण्डौ – आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला २०० र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ नै कायम भएको छ । सोमबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*