भारतको चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

तामसालिङ खबर
२३ मंसिर २०७८, बिहीबार ०५:१९

मंसिर, नयाँ दिल्ली – भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । रावत सहित उनकी श्रीमती मधुलिका रावतको पनि निधन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।

उनले ट्वीट गर्दै हेलिकोपुटर दुर्घटनामा विपीन रावत, उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । रावत सवार हेलिकोप्टर बुधबार तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको थियो । भारतीय वायु सेनाको एमआइ-१७भी५ को डबल इन्जिन रहेको हेलिकोप्टर दुर्घटना भएको थियो । यसबारे सरकारले आधिकारी धारणा सार्वजनिक गरेको छैन ।

सरकारले रावतलाई १ जनवरी २०२० मा पहिलो चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरेको थियो । वायु सेनाले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*