भाटभटेनीको २० औं शाखा हेटौडामा संचालन

तामसालिङ खबर
२३ मंसिर २०७८, बिहीबार ०८:२४

मंसिर, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा देशकै ठूलो तथा वृहत चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केट बुधबार देखि सञ्चालनमा ल्याएको छ । भाटभटेनीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा २० औं स्टोरको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो ।

बुधबार औपचारिक समारोहका बीच भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले विधिवत रुपमा शुभारम्भ गरेका छन् । करिब १ सय ५० करोडको लगानीमा सञ्चालनमा ल्याइएको बताउदै सबै प्रदेश तथा मुख्य शहरहरुमा विस्तार गर्ने अभिायनमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

देशभर २० वटा स्टोर सञ्चालनमा आएको र अन्तराष्ट्रिय स्तरको सपिङ्ग सुविधाको अनुभव स्वदेशमै हुने विश्वास भएको र बेरोजगारहरुलाई रोजगार प्रदान गर्ने र आयबाट सामाजिक सेवा पनि दिने उद्देश्य रहेको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए ।

शुभारम्भको अवसरमा ग्रोसरी, लत्ता-कपडा लगाएत सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतिय सामग्रीमा २० प्रतिशत छुट उपलब्ध रहेको भाटभटेनी सुपर मार्केटका बजार व्यवस्थापक विनोद भट्टराईले बताए ।

साढे १४ कट्ठामा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । भाटभटेनी हेटौंडामा केएफसी र पेपे पिजाले पनि सेवा शुभारम्भ गरेको र निकट भविष्यमा क्यूएफएक्स पनि सञ्चालनमा आउने तयारी रहेको उनले जनाए ।

स्टोरमा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान,कस्मेटिक सामग्री, किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गारका सामग्री,महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता ,ब्राण्डेड फेन्सी सामग्री,जुत्ता–चप्पल लगाएतका फुटवेयर सामग्री, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री,फर्निचर लगाएत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको बजार व्यवस्थापक भट्टराइले बताए ।

काठमाडौंमा ९ वटा शाखा, ललितपुरमा दुई वटा, भक्तपुर, धरान, विराटनगर, भरतपुर, पोखरा, बुटवल, भैरहवा,नेपालगञ्ज,इटहरीमा एकएक वटा शाखा संचालनमा रहेको छ । काठमाडौंमा २ र धनगढीमा १ वटा थप भाटभटेनी संचालनमा ल्याउने तयारी रहेको संचालक गुरुङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*