पालिकास्तरिय फुटबलको उपाधी थाहा नगरको पोल्टामा

तामसालिङ खबर
२६ मंसिर २०७८, आईतवार ०६:०१

मंसिर, हेटौडा – हेटौंडामा जारी अन्तरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधी थाहा नगरपालिकाले हात पारेको छ । शनिबार हेटौंडाको हुप्प्राचौरमा भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई पेनाल्टी सुटआउटमा हराउदै थाहा नगरले उपाधी चुमेको हो ।

निर्धारित समयमा २-२ गोलको बराबरी संगै पेनाल्टी सुटबाट पनि बराबरी भएपछि सडेन डेथमा थाहा नगरपालिका बिजयी भयको हो ।प्रतियोगिताको उत्कृष्ट खेलाडी थाहाका राजन गोले भए भने उत्कृष्ट डिफेन्डर हेटौंडाका गगन सिलवाल, उत्कृष्ट मिड फिल्डर हेटौंडाका बिशाल स्याङ्तान भए ।

त्यस्तै, उत्कृष्ट गोलकिपर हेटौंडाका सफल तिमिल्सिना, उत्कृष्ट कोच थाहाका नरेन्द्र मोक्तान घोषणा भए । प्रतियोगिताका बिजेता टोलिले नगद २ लाख सहित मेडल ट्र्फि प्रमाणपत्र हातपारे । उपबिजेताले १ लाख नगद सहित मेडल, ट्रफी हात पार्यो ।

बिजेता तथा उपबिजेता टोलिलाई प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका पुर्बमुख्य मन्त्री डोरमणी पौडेलले पुरस्कार बितरण गर्नुभयको थियो ।

बिजेता थाहा नगरका खेलाडी तथा कोचलाई नगर प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्गबहादुर गोपाली र नगर खेलकुद बिकास समिती संयोजक तथा थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेस केसीले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*