मकवानपुर प्रहरीद्वारा ठुलो परिमाणमा लगाइएको गाँजा र अफीम खेती नष्ट

तामसालिङ खबर
२ पुष २०७८, शुक्रबार ०९:३९

पुष, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकामा लगाइएको गाजा र अफिमको खेती प्रहरीले नष्ट गरेको छ ।

बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक सुमन बानियाँको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले लागूऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो ।

राक्सिराङको वडा नम्बर ४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ र रानीघाट क्षेमा लागुऔषध गाँजा खेती २० बिगाहा र अफीम ५ बिगाहा नष्ट गरीएको मकवानपुर प्रहरीले जनाएको छ ।

पछिल्लो समय तस्करहरुले राक्सिराङका किसानलाई गाँजासंगै अफिम खेतीमा समेत उक्साउन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*