स्याङतानको उपचारका लागि आर्थिक सहयोगको अपिल

तामसालिङ खबर
२ पुष २०७८, शुक्रबार १५:०६

पुष, हेटौडा (मनहरी) – मकवानपुर मनहरी गाउँपालिका वडा नम्वर २ निवासी माइते सिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग गर्न उनको परिबारले आग्राह गरेका छन ।

बिगत १५ बर्षदेखि पेट फुल्ने समस्याबाट पीडित स्याङतानको उपचारको लागि आर्थिक समस्या भए पछि आर्थिक सहयोगका लागि उनका परिवारले सबैलाई आग्रह गरेका छन् ।

६३ बर्षका स्याङ्तान आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित छन । पेट फुल्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौंडा अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो । हेटौंडा अस्पतालले भरतपुरस्थित क्यान्सर हस्पिटल रिफर गरेको थियो ।

क्यान्सर हस्पिटलले सुरुवाती चरणमा घरमै बसेर केही औषधी सेवन गर्न र केही दिनमा पुनस् परिक्षणका लागि आउन भनेको थियो । तर, आर्थिक अवस्था कमजो भएकै कारण विरामीलाई पुनः हस्पिटल लैजान नसकिएको स्याङ्तानको परिवारले जानकारी दिएका छन् । उनलाई के रोग लागेको हो र उपचार खर्च कति लाग्छ भन्ने एकिन भइसकेको छैन ।

तर, रोग पत्ता लगाउन अस्पतालसम्म पनि जाने अवस्था नरहेको भन्दै परिवारका सदस्यले दुखेसो गरेका छन् । स्याङतानका २ जना छोरीको विवाह भइसकेको र छोरा नोकरीको क्रममा घर बाहिर भएकोले थला परेका स्याङ्तानले निकै कष्ट भोग्नु परेको स्थानीयहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*