महिला अभियान साकोसको कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन सम्बन्धी कार्याशाला गोष्ठी
पुष, हेटौडा (भीमफेदी) – निबुवाटारको महिला अभियान साकोसको आयोजना हेटौडामा कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन सम्बन्धि कार्यशाला गोष्ठी भएको छ।
नेपाल बचत तथा ऋण केन्द्रिय संघ लिमिटेड (प्रोस्कुन)को सहयोगमा भएको छैठौं ब्याचको आठौं कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशालामा साकोसकी अध्यक्ष भिमकुमारी थापा मगरको अध्यक्षता तथा मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो।
बागमती प्रोस्कुनकी उपाध्यक्ष तथा महिला अभियान साकोस लेखा सुपरिबेक्षण समिति संयोजक राधा सिंतान, नेफ्स्कून फिल्ड कार्यालय मकवानपुर व्यवस्थापन उपसमिति सदस्य राजु गौमतको बिशिष्ट आतिथ्यतामा पुस ३ गते शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको संचालन संस्थाकि ब्यबस्थापन समितिको कोषाध्यक्ष रमिला सापकोटाले गर्नु भएको थियो। मकवानपुर, चितवन र रौतहट जिल्लाका गरि ७ वटा साकोसको सहभागिता रहेको थियो । ७ वटा साकोसले आफ्नो संस्थागत प्रतिवेदन प्रस्तुतिकर गर्नु भएको थियो भने कार्यशालाको सहजीकरण भने नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो ।






