गायक श्रेष्ठको चितवनमा एकल साँगीतिक कार्यक्रम हुने

तामसालिङ खबर
९ पुष २०७८, शुक्रबार १०:१२

पुष, चितवन – आधुनिक नेपाली गायक दीप श्रेष्ठले चितवनमा प्रस्तुति दिने भएको छ । गायक श्रेष्ठले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा चितवनवासीहरुको लागि एकल सांगीतिक कार्यक्रम प्रस्तुत गर्न लागेको एलटीके हवेलीका प्रोप्राइटर देवेन लोहनीले जानकारी दिए ।

यसअघि कोभिड-१९ ले ग्रस्त भएका उनी नयाँ जीवन पाए सँगै पहिलो पटक चितवनवासीको लागि साँगीतिक प्रस्तुति दिन लागेको हो । अंग्रेजी वर्ष २०२२ लाई स्वागत गर्न र स्थानीयलाई मनोरन्जन दिन उनी चितवन आएको बताए । उनको एकल गायन कार्यक्रममा कम्तीमा १५ वटा गीत रहने छन् ।

भरतपुर देवनगर स्थित एलटीके हवेली आयोजक रहेको उक्त कार्यक्रममा नायिका गौरी मल्ल, बेली डान्सर विनु शाक्य, गायिका अन्जना राईले प्रस्तुति दिने छन् । प्रति टिकट रु. दुई हजार कायम गरिएको आयोजकले जनाएको छ ।

गायक श्रेष्ठले ‘मेरो गितले मान्छे नाच्ने’, ‘हाँस्ने होईन बिगत र वर्तमानको दुःख’ लगायतका गीत पस्कने छन् । मृत्युलाई जितेर फर्केपछि उनको यो पहिलो सांगीतिक कार्यक्रम हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*