सरकारले महिला भलिबल खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने घोषणा

तामसालिङ खबर
१५ पुष २०७८, बिहीबार ०९:१४

पुष, काठमाण्डौ – सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान-पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा मन्त्री परिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो ।

नेपाली टिमको जितले गौरव र खुसीको अनुभूती भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लगेका थिए ।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*