हेटौँडा उपमहानगरको १० औँ नगरसभा

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०९:३६

पुष, हेटौंडा – हेटौँडा उपमहानगरपालिकाको १०औँ नगरसभा बैठक बिहिबार सम्पन्न भएको छ । बैठकमा चालू आव २०७८ /७९को हालसम्म विभिन्न शीर्षकमा गरी कूल खर्च रु ६० करोड ५४ लाख ४३ हजार भएको उपमेयर मीना लामाले आयव्यय प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

उपमहानगरपालिकाले चालु आवको हालसम्म कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रु नौ करोड ७७ लाख, सुशासन तथा अन्तर सम्बन्धिततर्फ रु एक करोड २० लाख ८९ हजार, पूर्वाधार विकास तर्फ रु २० करोड ७२ लाख ५३ हजार, सामाजिक विकास तर्फ रु २७ करोड ५० लाख ९७ हजार, आर्थिक विकासतर्फ रु एक करोड ४० लाख ४८ हजार गरी कूल खर्च रु ६० करोड ५४ ४३ हजार भएको उहाँले जानकारी दिनुभयो । हालसम्म २१.५४ प्रतिशत रकम खर्च भइसकेको बताइएको छ ।

प्रतिवेदनमा गत आव २०७७÷७८ असारमा सम्पन्न नगरसभा बैठकबाट आव २०७८÷७९ का लागि कूल बजेट रु दुई अर्ब ६० करोड १५ लाख ५२ हजार बराबरको आयव्यय विवरण स्वीकृत सम्झौता भई जिम्मेवारी सरेका योजना तथा कार्यक्रमका लागि थप बजेट व्यवस्थापन संशोधनसहित बजेट रु दुई अर्ब ८५ करोड प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

सभामा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले साढे चार वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकूदलगायत अन्य पूर्वाधारको विकासमा उदाहरणीय काम गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*